एउटा राष्ट्रमा मात्र समाजवाद किन असम्भव ?

सर्वप्रथम, समाजवाद निरपेक्ष रूपमा उच्च स्तरीय उत्पादनमा आधारित हुन्छ । समाजवादको न्युनतम् अवस्थाका लागि पुँजीवादको उच्चतम् अवस्था हुनुपर्दछ । यदि आज विश्वमा सबै खालको समस्या उत्पादनका साधनहरूको असमान वितरणको कारणले भएको हो भने, यसको एउटामात्र समाधान भनेको आवश्यकता भन्दा अधिक उत्पादन गरेर मान्छेले एकअर्कालाई शोषण गर्ने कुनै बहाना नछोडी लोकतान्त्रीक ढंगले उत्पादनको न्यायोचित वितरण गर्नु हो ।माक्र्स, एङ्गेल्स, लेनिन र ट्रटस्कीको कुनै पनि लेखहरूमा उनीहरूले एउटा राष्ट्रमा मात्र समाजवाद स्थापना हुन्छ भनेर लेखेको भेटिँदैन । स्टालिनवादको एउटा  राष्ट्रमा समाजवादी राष्ट्रियताको विचारसँग माक्र्सवादको (जसको मान्यता सधैं अन्तराष्ट्रियतावादसँग रहेको छ ) कुनै सम्बन्ध छैन ।


यो शताव्दीमा श्रमिक वर्गसँग समाजवादी रूपान्तरणका लागि कयौं अवसरआएका थिए र थुप्रै राष्ट्रहरूमा उनीहरूले प्रयास पनि गरे । तर, एकपटक क्षणिक रूपमा रुसमा सन् १९१७ मा रुसी क्रान्ति सफल भयो । एउटा पिछडीएको राष्ट्रमा १ हजार वर्षदेखि चलिरहेको जारको तानाशाही शासनलाई उखालेर फाल्न त्यो क्रान्ति सफल भयो र श्रमिक वर्गले सम्पूर्ण समाजलाई चलाउने अभ्यासको सुरुआत गरे । यद्यपि, कहिल्यै पनि एक देशमा मात्र समाजवाद स्थापना गर्ने लेनिनको इच्छा थिएन । यो अभ्यास असम्भव नै हो, किनकि समाजवादलाई समाजको आवश्यकताहरू पूरा गर्नको लागि धेरै मात्रामा उत्पादन आवश्यक हुन्छ । यसको लागि अन्तर्राष्ट्रिय स्तरमा नै साधनहरू जम्मा गर्नुपर्ने हुन्छ । र विना आशंका, पुँजीवादलाई आरामले एउटा राष्ट्रबाट मात्र हटाउन वा हराउन सकिदैंन । यसैले क्रान्ति अन्य देशमा पनि र सबैतिर फैलाउनुपर्छ ।
एउटा एक्लो, पिछडिएको र जनयुद्धको फलस्वरूप स्थापित रुसी क्रान्ति २१ विदेशी सेनाहरूको हस्तक्षेपको कारण, फाँसिको डोरीमा  उनिन पुग्यो । यूरोपका विकसित राष्ट्रहरूमा पनि क्रान्ति गरेर यसको सहयोगबिना रुसमा समाजवाद सम्भव थिएन । यदि रुस बाहेक अन्य राष्ट्रमा पनि क्रान्ति सफल भएको भए, प्राविधिक रुपमा सबैले मिलेर प्राकृतिक  साधन र जनसंख्यालाई सबै राष्ट्रका लागि पर्याप्त उत्पादन गर्न एउटै स्थानमा भेला पार्न सम्भव हुन्थ्यो र क्रान्ति बाँकी विश्वमा फैलाउन सफल हुन्थ्यो । बिडम्बना यो हुनुको साटो, एउटा देशमामात्र भएको क्रान्ति अपमानित भएर नोकरशाही एवम् तानाशाहीमा व्यवस्थामा परिणत भयो । यस कारण पनि समाजवाद स्थापनाको लागि अन्तर्राष्ट्रिय संघर्ष हुन आवश्यक छ ।