के माओको "उदारवादविरुद्दको लडाईं"ले साचै उदारवादविरुद्द लड्छ ?

मार्क्सवादीहरुले सन १९४९ को चिनिया क्रान्तिलाई उल्लेखनिय मान्दछन । साईनो -सोभियत सम्बन्ध चिसिएसङ्गै स्वभाविक रुपमा माओका धेरै नाराहरु नोकर्शाही सोभियत रुसको विकल्पमा विश्वभर गुन्जिए । तथापी वास्तविक मार्क्सवादी विचार र माओवादी विचारमा महत्वपूर्ण भिन्नताहरु रहेका छन जस्लाई स्पस्ट पार्न जरूरी छ।

चिनिया कम्युनिस्ट पार्टिभित्रका प्रतिद्वन्दिलाई लक्षित गरी लेखिएको "उदारवादविरुद्दको लडाईं " माओको चर्चित लेखहरुमध्ये एक हो । लेख सन १९४२ मा एनान सुधार अभियान ताका लेखिएको थियो । उक्त लेखमा उनले दोहोरो चरित्र,आत्मानुशासनको कमी,अरुका गलत नियतको भन्डाफोर गर्न असफल हुनु,आदी ११ वटा स्वभावले क्रान्तिकारी आन्दोलनलाई धराशायी बनाउने बताएका छन। आजका नयाँ समाजवादिहरु जो उदारवादिहरुको घमन्ड,स्वाङ्ग र अन्तरविरोध वा आफ्नै सङ्गठनमा खुकुलोपना र अनुशासनहिनताबाट आजित भएकाहरु छन उनिहरु माओका शब्दहरुलाई क्रान्तिकारी मान्न सक्छन।

बोल्शेविक कसरी बन्ने?

सतही हेर्दा "उदारवादविरुद्दको लडाईं"मा रहेका मत अकाट्य लाग्छन। आखिरमा एउटा गम्भिर क्रान्तिकारी सङ्गठनमा जथाभावी कार्यशैली वा सदस्यमा द्वैध चरित्र होस् भन्ने कसले चाहन्छ र? तर उक्त लेखको चुरो कुरो खोतल्ने हो भने त्यसमा वर्ग दृष्‍टिकोण र उदारवाद्को राजनीतिक बिषयवस्तु अस्पस्ट रहेको पाईन्छ। त्यसका साथै माओले प्रस्ताव गरेका तालिमका प्रकृया वास्तविक बोल्शेविकवादी जनवादी केन्द्रियतामा नभै नोकर्शाही केन्द्रियतामा आधारित रहेका पाईन्छन।

नयाँ समाजवादिहरुमाझ् माओको लेख लोकप्रिय हुनुको कारण क्रान्तिकारी कार्य गरिरहदा कम्युनिस्टहरु आफ्ना सिद्दान्तको उच्चतम मर्यादालाई कायम राखिरहेको भान हुने भएकाले हो जबकी व्यबहारमा उनिहरु उदारवादी नै हुन्छन।बुझ्नुपर्ने कुरा त के भने आचरणका कुरामा गासिएर मात्र बोल्शेविक(कम्युनिस्ट) भैइदैन । वास्तविक बोल्शेविकवादलाई व्यवहारमा ल्याउन त सुरुवाती चराणबाटै मार्क्सवाद्लाई सशक्त रुपमा अङ्गिकार गर्न जरूरी छ । तबमात्र कसैले व्यक्तिगत क्रान्तिकारी गुणको निर्माण गर्न आवश्यक ठान्छ। मजदुर वर्गको चेतनास्तर र आत्मबलको व्रिद्दी र एकतमा आफुले कती योगदान गरेको छु भन्ने हेक्का राख्नुपर्छ। यो कुनै आचरणका कुरा स्थापित गरी याद गर्दैमा स्वतस्फुर्त हुने हैन। गहन अध्ययन,जनवादी बहसमा अधिक्तम सहभागिता र मजदुर वर्गका संघर्षहरुमा सकृय सहभागिताले मात्र बलियो सर्वहरावादी नेत्रित्व निर्माण गर्न सकिन्छ।

वैज्ञानीक समाजवादिहरु सधैं पर्याप्त रुपमा पारिभाषित् अभिव्यक्तिबाट विश्लेषन गर्छन् जसविना हामी सुसुचित र स्पस्ट बहसमा सङ्ग्लग्न हुन सक्दैनौ। मार्क्सवादीहरुको बुझाईमा उदारवाद् भनेको बुर्जुवा वर्गको एउटा हिस्सामा रहेको सिद्दान्त हो। उदारवाद अनुसार यदी हामीले निजी सम्पत्तिको अधिकार सङ्गै व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गरी बजार र पुजिलाई विस्तार गर्ने हो भने पूँजीवादले नै अन्तत अझ समतामुलक समाजको निर्माण गर्छ। अर्कातिर माओको बुझाईमा उदारवाद भनेको मात्र मानीसको समस्याग्रस्त व्यक्तिगत प्रव्रित्ती हो। तर उदारवाद र अन्तर्व्यक्ती आचरणबिच कुनै सम्बन्ध छैन। उदारवादिहरु पनि इमान्दार र कर्मठ वा बेइमान र अल्छि दुबै खाले हुन सक्छन। यहाँ बुज्नुपर्ने मुख्य कुरा चाँही आफुले प्रतिनिधित्व गरेको वर्गको समर्थन र सुरक्षा नै हो।

माओले लेखेका छनM :

"उदारवाद निम्न बुर्जुवा वर्गको स्वार्थिपनाबाट विकशित हुन्छ र यसले व्यक्तिगत लाभलाई प्राथमिक र क्रान्तिकारी भावनालाई दोस्रो तहमा राख्छ। अन्तत यसबाट सैद्दान्तिक,राजनितिक र साङ्गठनिक उदारवाद्को बिकास हुन्छ। उदारवाद अवसरवाद पनि हो र आधारभुत रुपमै गैरमार्क्सवादी छ।यो नकारात्मक छ र वस्तुगत रुपमै शत्रुहरुलाई मदत् गरिरहेको हुन्छ। त्यसैले हामीमाझ यो सम्रक्षित हुँदा उनिहरुले स्वागत गर्छन्। उदारवाद्को यस्तो प्रक्रिती भएकाले हामी र हाम्रो क्रान्तिबिच यो समस्यालाई कुनै स्थान दिनु हुँदैन।"

नैतीकताको अर्थहिन अभ्यास

उदारवादको साचो बिषयवस्तुलाई अस्पस्ट बनाएपछी माओले ती ११ आचरणहरु शत्रुलाई मदत् गर्ने आचरण हुन भनी अर्थ्याउछन। मार्क्सवादिहरु स्वार्थिपना र अनुशासनहिनता निम्न बुर्जुवाहरुमा आम कुरा हो भन्नेमा कुनै मतभेद राख्दैनन न त उनिहरु एक क्रान्तिकारी कार्यकर्तामा व्यक्तिगत र सामुहिक अनुशासन हुनुपर्छ भन्नेमा फरक मत राख्छन। तर "उदारवादविरुद्दको लडाईं"ले सैद्दन्तिक विवाद,गलत विचार र आम श्रमजिवी वर्गको मर्मलाई आघात पुर्याउने कार्यबारे केही उल्लेख गर्दैन। व्यक्ती जतिसुकै अनुशासित र त्यागी भएपनी उसको सङ्गठनले वर्ग समानवयवादलाई प्रश्रय दियो भने उनिहरुको संगठनिक दक्ष्यतासङ्गै राजनीतिक जीवनको पनि अन्त्य हुन्छ।

उदाहरणका लागि,कुनै बेला इन्डोनेशियाली कम्युनिस्ट पार्टी विश्वकै विशाल र सशक्त रुपमा सङ्गठित पार्टी थियो। माओ र उनको चिनिया कम्युनिस्ट पार्टिको सुझावमा राष्ट्रिय प्रगतिशिल बुर्जुवावर्गसङ्ग समन्वयको निती लिएसङ्गै इन्डोनेशियाली क्रान्ति रगतमा डुब्यो र करीब १५ लाख कम्युनिस्टहरु मारिए । गत सताब्दीभरि क्रान्तिकारी ध्रुवमा यस्ता असन्ख्य घटनाहरु घटेका भेट्न सकिन्छ। यस्ता घटनाबाट यो वा त्यो आचरण सुधार्ने भन्दा पनि वर्ग समन्वयवाद जस्तो गैरसैद्दान्तिक बाटो कहिलै स्विकार्नु हुन्न भन्ने शिक्षा लिनुपर्दछ।आजको अवस्थामा अमेरिकामा पनि यो सहि सावित भएको छ। अमेरिकि प्रजातान्त्रिक पार्टिसङ्ग सहकार्य गर्दा श्रमजिवी वर्गको रगतको खोला बग्ने अवस्था तत्काल त नआउला तर यसले उनिहरुको मर्मको पराजयको सुनिस्चितता भने शतप्रतिशत गर्छ।

अन्त्यमा भन्नुपर्दा माओको "उदारवादविरुद्दको लडाईं"ले सहि र गलतको आधारमा व्यक्तिगत व्यवहारलाई काबुमा राख्न प्रयास गरेको देखिन्छ। तर अरु सामाजिक पक्षझै नैतीकता पनि वर्गिय बिषयबाट अलग रहन सक्दैन। माओको लेखले यस्ता आधारभुत प्रश्नहरुलाई अस्पस्ट बनाउन भूमिका खेल्छ । बुर्जुवावर्गको कुनै खतरनाक हिस्साले श्रमजिवीमैत्री हौवा फैलाएर वर्ग संघर्षलाई पथच्युत गरेझै उनको लेखले पनि महत्वपूर्ण राजनीतिक प्रश्नलाई निरस नैतीक कुराहरुद्वारा ढाक्छोप गरी उदारवादी विरुद्दको लडाईंलाई कमजोर बनाउनेपट्टी जोड दिन्छ।

क्रान्तिकारी मार्क्सवादीहरुले पनि उदारवादविरुद्द लड्छन। तर उनिहरु वर्ग स्वतन्त्रता,वैज्ञानीक समाजवादी चिन्तन र क्रान्तिकारी अन्तरराष्ट्रियतावाद्को जगमा त्यसविरुद्द लड्छन।